१० साउन २०८३, आइतबार

बागमतीबाट निर्वाचित सांसदसँग प्रधानमन्त्री बालेनको छलफल

चैत ३०, २०८२
काठमाडौं
बागमतीबाट निर्वाचित सांसदसँग प्रधानमन्त्री बालेनको छलफल

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बागमती प्रदेशबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग संवाद गरेका छन् । 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सोमबार प्रधानमन्त्री बालेनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर उनीहरूसँग संवाद गरेका हुन् । 

सो क्रममा प्रधानमन्त्री शाहले तत्काल गर्नुपर्ने योजना तथा कार्यलाई लिखित रूपमा दिन सांसदहरूलाई अनुरोध गरे । 

छलफलमा सहभागी सिन्धुपाल्चोक-२ का सांसद युवराज दुलालका अनुसार बालेनले ‘टप टु बटम अप्रोच’ अनुसार काम गर्न सहज होस् भनेर बोलाएर संवाद गर्न चाहेको बताएका थिए ।

‘अत्यावश्यक कार्यहरू जुन सरकारले गरिहाल्नुपर्नेछ त्यसलाई लिखित रूपमा सचिवालय र सम्बन्धित मन्त्रालयमा पनि बुझाउनुहोला भनेर उहाँले भन्नुभयो‚’ सांसद दुलालले भने‚ ‘सचिवालयले आवश्यकता अनुसार थप सम्पर्क गर्छ‚ मन्त्रालयसँग समन्वय गराउँछ र अत्यावश्यक विषयलाई समाधान गर्दै जान्छ भनेर भन्नुभयो ।’

सो क्रममा सांसदहरूले पनि यसै आर्थिक वर्षभित्र आफ्नो निर्वाचन क्षेत्रमा तत्काल गर्नुपर्ने कामबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । 

null

‘कसैले विकास निर्माण सम्बन्धी, कसैले विपत् सम्बन्धी त कसैले एयरपोर्ट लगायत आफ्नो क्षेत्रको समस्याबारे जानकारी गराउनुभयो‚’ दुलालले लोकान्तरसँग थपे । 

यी हुन् दुलालले प्रधानमन्त्रीसँग राखेका सुझाव :

१. बाँदर नियन्त्रण विधेयक तत्काल निर्माण गर्नुपर्ने, 

२. गुठी जग्गा पीडित किसानका समस्या समाधान हुने गरी गुठी विधेयक तत्काल ल्याउनुपर्ने 

३. मेलम्ची र इन्द्रावती नदी किनारका बाढीको अति उच्च जोखिममा रहेका बस्तीहरूको तत्काल संरक्षण गर्नुपर्ने, 

४. मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको सामाजिक उत्थान कार्यक्रम लागू गर्न गठन आदेश तत्काल स्वीकृत गर्नुपर्ने, 

५. ९२ करोडको स्टिमेटसहित स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा पेस भएको मेलम्ची हेलम्बु सडक निर्माणको स्रोत सहमति भइ पुन: ठेक्का हुनुपर्ने, 

६. मेलम्ची आयोजना ठेकेदार पीडित स्थानीय सप्लायर्सहरूले पाउनुपर्ने भुक्तानी तुरुन्त पाउनुपर्ने, 

७. मध्यपहाडी लोकमार्गको बन्देउ बाहुनेपाटी खण्डको सडक पिच गर्ने कार्य यसै वर्ष सक्नुपर्ने र झ्याडी खोला पुलको ठेक्का तत्काल गर्नुपर्ने, 

८. स्वास्थ्य बीमा कार्यक्रममा समावेश नागरिकले सबै अस्पतालबाट बीमा सेवा सहज रूपमा पाउनुपर्ने

salt training

कमेन्ट गर्नुहोस्