११ साउन २०८३, सोमबार

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

चैत ३०, २०८२
काठमाडौं
दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

संघीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा राष्ट्रियसभा तर्फबाट सदस्यहरूको मनोनयन गरिएको छ ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावलीअनुसार उक्त समितिमा रहने सदस्यको मनोनयन गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार संसदीय सुनवाइ समितिमा आनन्दप्रसाद ढुङ्गाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दङ्गाल रहेका छन् ।

यस्तै, अनुगमन तथा मूल्यांकन समितिमा किरणबाबु श्रेष्ठ, मदन कुमारी शाह (गरिमा) र डा. अञ्जान शाक्य रहेका छन् ।    

यी दुवै समितिमा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सदस्यहरू मनोनयन हुने प्रावधान छ ।    
 

salt training

कमेन्ट गर्नुहोस्