२९ जेठ २०८३, शुक्रबार

लागुऔषधसहित काठमाडौंका विभिन्न स्थानबाट १० जना पक्राउ

बैशाख १, २०८३
काठमाडौं
लागुऔषधसहित काठमाडौंका विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १० जनालाई पक्राउ गरिएको छ ।

२२४ ग्राम खैरो हेरोइन र ५२ ग्राम अफिमसहित लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले १० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

ब्युरोबाट खटिएको प्रहरीले झापा गौरीगञ्ज गाउँपालिका–३ घर भएका २४ वर्षीय सुरज दाहाल, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ घर भएका २६ वर्षीय ईश्वर खत्री र काठमाडौं महानगरपालिका ३० घर भएका ४५ वर्षीय अर्विन प्रधानलाई खैरो हेरोइन ३१ ग्राम ८०० मिलिग्रामसहित पक्राउ गरेको हो ।

यसैगरी, दोलखा शैलुङ गाउँपालिका–२ घर भएका ३६ वर्षीय सुकमान तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका–२ घर भएका २९ वर्षीय पवन लामा, कास्की घर भएका ४८ वर्षीय रोहितबहादुर राना र पर्सा ठोरी गाउँपालिका–४ घर भएका ३५ वर्षीय विशाल विकलाई खैरो हेरोइन ९८ ग्राम ७६० मिलिग्रामसहित पक्राउ गरेको हो ।
 
यसैगरी, काठमाडौं, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब दुई किलो ९६० ग्रामसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रीलङ्कन एयरलाइन्सको उडानद्वारा कोलम्बोबाट काठमाडौँ आएका उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थाल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्