
ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्क बस्ने ३१ वर्षीय लोब्साङ बोम्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा एक जनालाई गत साउन १२ गते खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा पक्राउ परी हिरासतमा रहेका उनी पछि फरार भएका थिए ।
भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रहरी वृत्त बौद्धको हिरासतबाट भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्कबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।