२९ जेठ २०८३, शुक्रबार

करिब २२५ किलोग्राम गाँजासहित दुई जना पक्राउ

बैशाख २, २०८३
काठमाडौं
करिब २२५ किलोग्राम गाँजासहित दुई जना पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका-६ पटवारीबाट अवैध लागूऔषध गाँजा करिब २२५ किलोग्रामसहित दुई जना पक्राउ परेका छन् ।

बराहक्षेत्र नगरपालिका-६ बस्ने २० वर्षीय विशेष माझीसमेत दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । 

प्रहरीले उनीहरूले प्रयोग गरेको को ३० प ९४७५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  
 

कमेन्ट गर्नुहोस्