
जबर्जस्ती करणी मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका-२ पानधारा बस्ने ४२ वर्षीय ईन्द्रबहादुर नेपाली रहेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको ब्यूरोका प्रवक्ता, एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए ।
जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटनले उनलाई २०८१ असार ३० गते एक लाख रूपैयाँ जरिवाना र १० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
त्यसयता उनी फरार रहेका थिए । पक्राउ परेका नेपालीलाई फैसला कार्यान्वयनका ललितपुर जिल्ला अदालतमा पेस गरिएको छ ।