२८ जेठ २०८३, बिहीबार

बाइक-स्कुटर साटेर टियागो ईभी चढ्ने मौका !

बैशाख ३, २०८३
काठमाडौं
बाइक-स्कुटर साटेर टियागो ईभी चढ्ने मौका !

नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै टाटा मोर्टसका लागि नेपालको आधिकारिक वितरक सिप्रदी प्रालिले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । 

‘स्विच टु टियागो ईभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टियागो ईभी घर लैजान सक्नेछन् । 

यो विशेष क्याम्पेन अप्रिल १७, १८, १९ र २० २०२६ मा देशभर सञ्चालन हुनेछ । अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो ईभी खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यस अफरमा ग्राहकले केवल ४ लाख ९९ हजार रूपैयाँ डाउनपेमेन्टमा टियागो ईभी आफ्नो बनाउन सक्नेछन् । योजना अन्तर्गत पुराना दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्यांकन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुनेछन् । 

त्यसैगरी, ग्राहकहरूले सिप्रदी नेटवर्कमार्फत् आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, साथै निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा समेत रहेको छ। साथै, एकजना भाग्यशाली ग्राहकले आइफोन-१७ प्रो म्यास जित्ने मौका पनि रहेको कम्पनीले जनाएको छ ।

सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीको छ । 

इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोर्टसका आधिकारिक शोरुममा पुगेर अप्रिल १७, १८, १९ र २० का दिन उक्त अफरको लाभ लिन सक्नेछन् ।    
 

salt training

कमेन्ट गर्नुहोस्