
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।
रास्वपाले एक प्रमुख सचेतक र दुई सचेतक चयन गरेको हो ।
बिहीबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटी तथा सचेतकमा क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियार चयन भएका छन् ।