२९ जेठ २०८३, शुक्रबार

नक्कली नोटको अवैध कारोबार गरेको आरोपमा चार जना पक्राउ

बैशाख ३, २०८३
बुटवल
नक्कली नोटको अवैध कारोबार गरेको आरोपमा चार जना पक्राउ

रुपन्देहीका विभिन्न स्थानबाट प्रहरीले नक्कली नोटको अवैध कारोबार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको टोलीले विशेष सूचनाको आधारमा तिलोत्तमा, भैरहवा र सैनामैनाबाट १ हजार थानका २१ थान नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका–२ बस्ने ३६ वर्षका विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचुली नगरपालिका–१५ बस्ने २८ वर्षका सुजन खनाल भन्ने मुक्तिप्रसाद खनाल, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८ बस्ने  ३५ वर्षका रोलबहादुर श्रेष्ठ र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–९ बस्ने ५३ वर्षका दीपेन्द्र थापा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले नेपाली नोटको अवैध कारोबार भइरहेको विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले निगरानीको क्रममा पक्राउ गरिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्