२२ जेठ २०८३, शुक्रबार
ज्ञानेन्द्र शाहीसँग भिडियो वार्ता

बालेनलाई शंका नगरी ६ महिना काम गर्न दिऔं, गलत गरे म एक्लै पनि विरोध गर्छु– ज्ञानेन्द्र शाही [भिडियो]

बैशाख ३, २०८३
काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संसदमा सशक्त प्रतिपक्षी भूमिका खेल्ने संकेत प्रतिनिधि सभाको शुरूकै दिनदेखि दिइसकेका छन् ।

उपसभामुखमा सत्तारूढ रास्वपाबाट धोका पाएपछि संसदमा अलि गरम सुनिएका शाही प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले गलत काम गरे एक्लै पनि विरोधमा उत्रिने बताउँछन् ।

प्रधानमन्त्री बालेनलाई कम्तीमा ६ महिना शंका नगरी काम गर्न दिनुपर्ने शाहीको भनाइ छ । गलत काम गरे विरोध गर्नका लागि आफूलाई कसैले रोक्न नसक्ने बताए ।

नेता शाहीले रास्वपाले प्रदेश संरचना खारेज गर्ने हिम्मत गरे आफूहरूले संसदमा दुईतिहाइ पुर्‍याइदिने बताए । तर, सरकार निरंकुश बन्न खोजे आफूले विरोध गर्ने उनले बताए ।

दुईतिहाइको सरकारसँग अदालत डराइरहेको महसुस आफूले गरेको शाहीको भनाइ छ ।

यसअघिको संसद र यसपटकको संसदमा आधारभूत फरक के देखियो ?

शुरूआति लक्षणले संसदले ५ वर्षको कार्यकाल पूरा गर्ने संकेत छ कि छैन ?

उपसभामुख निर्वाचनमा रास्वपाबाट कसरी धोका भयो ?

यी प्रश्नका अलावा बालेन र सुधन गुरुङको काम लगायत समसामयिक विषयमा ज्ञानेन्द्र शाहीको विश्लेषण हेर्नुहोस्, भिडियोमा :

salt training

कमेन्ट गर्नुहोस्