२३ जेठ २०८३, शनिबार

बागलुङमा भारतको २.५ करोड लगानीमा स्वास्थ्य चौकी बन्दै

बैशाख ३, २०८३
काठमाडौं
बागलुङमा भारतको २.५ करोड लगानीमा स्वास्थ्य चौकी बन्दै

बागलुङको बडिगाड गाउँपालिका–७ मा भारत सरकारको लागनीमा भिमगिठे स्वास्थ्य चौकीको भवन बन्ने भएको छ । 

भारत सरकारको २.५ करोड रूपैयाँ (नेपाली)मा बन्ने उक्त भवनको बिहीबार बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय राजदूतावास, काठमाडौंका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरे । 

यो उच्च प्रभाव सामुदायिक विकास परियोजना बागलुङको बडिगाड गाउँपालिकामार्फत् कार्यान्वयन नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

null

कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष अधिकारी तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे । नयाँ संरचनाले बडिगाड गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँचमा सुधार ल्याउन मद्दत पुग्ने समेत उनीहरूको विश्वास छ । 

नजिकका छिमेकीको रूपमा भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई  सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने दूतावासले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्