
इजरायल-लेबनान सम्झौतापछि मानिसहरूले उत्सव मनाइरहेका छन् । इरानका पूर्वसर्वोच्च नेता, अयातुल्लाह अली खामेनीको छवि र झण्डाहरू लिएर उनीहरू सडकमा निस्किएका हुन् ।
इजरायली आक्रमणबाट लेबनानमा विस्थापित भएका मानिसहरू अब आफ्नो घर फर्किरहेका छन्।
लेबनानमा दस लाख मानिसहरू विस्थापित भएपछि संयुक्त राष्ट्र शरणार्थी प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल सहयोगको लागि अपील गरेका छन्।
यो युद्धविराम लेबनान र इजरायल बीच लगभग ३३ वर्षमा पहिलो कूटनीतिक वार्ता हो । इजरायल र लेबनानको कुनै कूटनीतिक सम्बन्ध छैन।

उनीहरूबीच अन्तिम उच्च-स्तरीय प्रत्यक्ष वार्ता १९९३ मा भएको थियो।
मार्च २ मा इजरायली सेनाले लेबनानमा आफ्नो कारबाही शुरू गरेदेखि २ हजार भन्दा बढी मानिसहरू मारिएका छन्।

