३० जेठ २०८३, शनिबार

कविता : आमा अर्थात् माया सागर

बैशाख ४, २०८३
काठमाडौं
कविता : आमा अर्थात् माया सागर

आमा अर्थात्, शब्द दुई अक्षर ।

आजीवन माया प्रेम, हर प्रहर ।

आमा  तिमी, सन्तानको धरोहर ।

वात्सल्य र मातृत्वको सदैव बहार ।

आमा तिमी जीवनको, अमूल्य उपहार ।

तिम्रो उपस्थिति मात्र पनि, सदाबहार ।

अनेक रूप रंग छ तिम्रो, माया बराबर।

भूमिका अलग तर, सन्तान शिरोपर।

आमा मानौं परिवार, घर सदैव उजागर ।

तिमी छौँ एक मात्र, जीवनको बहार ।

आमा तिम्रो आर्शिवादले, प्रसन्न मुहार।

तिम्रा कृपाले हर्षित छु, हर प्रहर ।

आमा तिमी खुसी रहनु, दिनु आर्शीवाद ।

हाम्रा लागि सधैं मार्दछौँ आफ्ना रहर।

दिर्घायू तिम्रो रहोस् सदा  खुसीको बहार ।

आमा, माता, जननि, नाम माया सरोबर ।

आजीवन माया, स्नेह हर्षित मुहार ।

आमा हाँसी राख मात्र यही तिमीलाई उपहार ।

salt training

कमेन्ट गर्नुहोस्