२३ जेठ २०८३, शनिबार

अनलाइन परामर्श र स्वास्थ्यसम्बन्धी भिडियो सामाग्री प्रशारण नगर्न डाक्टरहरूलाई मेडिकल काउन्सिलको निर्देशन

बैशाख ४, २०८३
काठमाडौं
अनलाइन परामर्श र स्वास्थ्यसम्बन्धी भिडियो सामाग्री प्रशारण नगर्न डाक्टरहरूलाई मेडिकल काउन्सिलको निर्देशन
फाइल फोटो

नेपाल मेडिकल काउन्सिलले बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक नगर्न निर्देशन दिएको छ । गर्नैपर्ने अवस्था भएमा बिरामीको अनुहार र पहिचान नखुलाउने काउन्सिलको निर्देशन छ ।

काउन्सिलका रजिस्ट्रार डा. सतिसकुमार देवले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गर्दै अनलाइन परामर्श र स्वास्थ्यसम्बन्धी भिडियो सामग्री प्रशारण नगर्न निर्देशन दिएका हुन् ।

उनीद्वारा जारी सूचनामा सामाजिक सञ्जालमार्फत् परीक्षणविना औषधि सिफारिस गर्ने कार्य तुरुन्त बन्द गर्न र स्वास्थ्यसम्बन्धी कुनै पनि जानकारी वा परामर्श दिँदा वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेशागत आचारसंहिताको पूर्ण पालना गर्न भनिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्