२३ जेठ २०८३, शनिबार

प्रिमियम स्पिरिट ल्याउँदै माउन्ट एभरेस्ट डिस्टिलरी

बैशाख ४, २०८३
काठमाडौं
प्रिमियम स्पिरिट ल्याउँदै माउन्ट एभरेस्ट डिस्टिलरी

नेपाली बजारमा नयाँ वर्ष २०८३ को अवसर पारेर प्रिमियम स्पिरिट सेग्मेन्टमा नयाँ उत्पादन सार्वजनिक गरिएको छ।

माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेड ले “Red Nature” र “Blue Nature” नामका 40UP प्रिमियम स्पिरिटहरू बजारमा ल्याउने घोषणा गरेको हो । कम्पनीका अनुसार यी उत्पादनहरू आगामी वैशाख ५ गतेदेखि देशभर उपलब्ध हुनेछन्।

उच्च गुणस्तरलाई प्राथमिकता दिँदै तयार गरिएको यी प्रिमियम स्पिरिटहरू आधुनिक उपभोक्ताको स्वाद र रोजाइलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ।

आकर्षक प्याकेजिङ र सन्तुलित फ्लेभरका कारण “Red Nature” र “Blue Nature” ले प्रिमियम सेग्मेन्टमा नयाँ पहिचान स्थापित गर्ने विश्वास लिइएको छ।

750ML क्षमताको बोतलको एमआरपी १ हजार २२० रुपैयाँ तोकिएको छ।

कम्पनीका प्रतिनिधिका अनुसार उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्ड अपनाइएको छ र उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।

नयाँ वर्षको सन्देशसँगै “New Year, Same Circle” भन्ने अवधारणालाई अघि सार्दै कम्पनीले जिम्मेवार उपभोगको सन्देश पनि प्रवाह गरेको छ। 'हामीले उपभोक्तालाई गुणस्तरीय विकल्प दिनुका साथै जिम्मेवार पिउने संस्कृतिलाई पनि प्रवर्द्धन गर्न चाहेका छौं,' कम्पनीका अधिकारीले बताएका छन्।

माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले आगामी दिनहरूमा पनि यस्तै नवीन र प्रिमियम उत्पादनहरू बजारमा ल्याउने योजना बनाएको जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्