२४ जेठ २०८३, आइतबार
सर्वोच्चले वैधता दिएपछि गगन

पार्टी एकताबद्ध बनाउनुपर्छ, त्यसका लागि सबैभन्दा बढी भूमिका मैले खेल्छु: गगन थापा

बैशाख ४, २०८३
काठमाडौं

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको एकता सुदृढ बनाउन सभापतिको हैसियतमा सबैभन्दा बढी भूमिका आफूले खेल्ने बताएका छन् ।

पार्टी आधिकारिकता विवादमा शुक्रबार फैसला सुनाउँदै सर्वोच्च अदालतले आफ्नो नेतृत्वलाई वैधता दिएपछि गगनले यस्तो बताएका हुन् ।

'अब पार्टीका सबै साथीहरूले वृहत्तर एकताका लागि आफ्नो ठाउँबाट काम गर्नुहुन्छ भन्ने विश्वास छ । पार्टी सभापति भएको नाताले सबैभन्दा बढी मूमिका मैले निर्वाह गर्नुपर्छ र म त्यो भूमिका निर्वाह गर्छु,' लोकान्तरसँगको कुराकानीमा गगनले भने ।

उनले सर्वोच्च अदालतको फैसलाले सबै एकताबद्ध भएर सँगै अगाडि जाने सहज वातावरण बनेको दाबी पनि गरे ।

सर्वोच्चले शुक्रबार पूर्व सभापति शेरबहादुर देउवासहितको रिटलाई खारेज गर्दै गगन पक्षलाई आधिकारिकता दिएको छ ।

सुन्नुहोस्, गगनसँगको कुराकानी:

salt training

कमेन्ट गर्नुहोस्