२२ असार २०८३, सोमबार

अमेरिकी नाकाबन्दी 'युद्धविरामको उल्लंघन' हो: इरान

बैशाख ५, २०८३
काठमाडौं
अमेरिकी नाकाबन्दी 'युद्धविरामको उल्लंघन' हो: इरान

 इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाले आफ्ना बन्दरगाहहरूमा गर्ने कुनै पनि नौसैनिक नाकाबन्दीलाई 'युद्धविरामको गम्भीर उल्लंघन' मानिने चेतावनी दिएको छ।

सामाजिक सञ्जालमार्फत एक आधिकारिक विज्ञप्ति जारी गर्दै परिषद्ले शत्रु पक्षले जहाजहरूको आवागमनमा अवरोध पुर्‍याउने वा नौसैनिक नाकाबन्दी गर्ने प्रयास गरेमा इरानले त्यसको कडा प्रतिवाद गर्ने बताएको छ।

 विज्ञप्तिमा भनिएको छ, 'जबसम्म शत्रुले हाम्रा जहाजहरूको मार्गमा अवरोध पुर्‍याउने र नौसैनिक नाकाबन्दी लागू गर्ने मनसाय राख्छ, इरानले त्यसलाई युद्धविरामको उल्लंघन मान्नेछ। यस्तो अवस्थामा 'स्ट्रेट अफ होर्मुज' लाई सर्तसहित सीमित रूपमा पुनः खोल्ने प्रक्रियालाई पनि तत्काल रोकिनेछ।'
विश्वको प्रमुख तेल आपूर्ति मार्ग मानिने 'स्ट्रेट अफ होर्मुज' बन्द गर्ने इरानको यो चेतावनीले अन्तर्राष्ट्रिय क्षेत्रमा थप चिन्ता बढाएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्