१२ असार २०८३, शुक्रबार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, ९ एजेन्डामा छलफलमा हुने

बैशाख ७, २०८३
काठमाडौं
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, ९ एजेन्डामा छलफलमा हुने

आज सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । 

बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।  सांगठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी र नीतिगत सुधारमा बैठक केन्द्रित हुने प्रवक्ता झाले बताए । 

बैठकको शुरूमा पार्टीका हालसम्मका गतिविधिहरूको ब्रिफिङ गरिने र त्यसपछि २० जना केन्द्रीय सदस्यहरूलाई जनस्तरको रिपोर्टिङका लागि जनही २ मिनेटको समय उपलब्ध गराइनेछ । 

बैठकको एक मुख्य एजेन्डा केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन र महाधिवेशन कार्यविधिको मस्यौदामाथिको छलफल रहेको छ। यसका साथै पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि बैठकमा गहन विमर्श हुने प्रवक्ता झाले बताए । 

केन्द्रीय समिति बैठकको प्रस्तावित कार्यसूची :

१. पार्टी गतिविधि ब्रिफिङ ।

२. केन्द्रीय सदस्यहरूको रिपोर्टिङ । (२० जना २ मिनेटका दरमा)
३. केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा ।

४. महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा ।

५. विधान संशोधन सम्बन्धमा ।

६. स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान सम्बन्धमा ।

७. प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा ।

८. सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा ।

९. विविध :

क. विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा ।

ख. विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन ।

ग. संसदीय दलको विधान संशोधन सम्बन्धमा ।

salt training

कमेन्ट गर्नुहोस्