२५ असार २०८३, बिहीबार

गृहमन्त्री गुरुङमाथि छानबिन गर्न कांग्रेसको माग

बैशाख ७, २०८३
काठमाडौं
गृहमन्त्री गुरुङमाथि छानबिन गर्न कांग्रेसको माग
फाइल फोटो

प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न माग गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी गर्दै गृहमन्त्री गुरुङमाथि विभिन्न प्रश्न उठेको भन्दै छानबिनको माग गरेका हुन् ।

गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरण सार्वजनिक चासो मात्र नभएर राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न भएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘...यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो । त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ‚’ विज्ञप्तिमा लेखिएको छ ।

साथै कांग्रेसले सरकारसमक्ष स्पष्ट माग गर्दै थप लेखेको छ– ‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस् । यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउनेछ।’​

विज्ञप्तिमार्फत् कांग्रेसले पार्टी सधैं पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढतापूर्वक उभिएको भन्दै भविष्यमा पनि उभिरहने स्पष्ट पारेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्