
सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाका अनुसार सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र काठमाडौंका भुवन कुमार दाहाल सदस्य रहेका छन् ।
सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले हालै राजीनामा दिएका थिए ।