नेपाली लोक दोहोरी संगीत क्षेत्रमा नयाँ गीत ‘रातो रातो बरुको’ सार्वजनिक भएको छ। गीतमा चर्चित गायक कुलेन्द्र विश्वकर्मा र लोकप्रिय गायिका रचना रिमालको सुमधुर स्वर रहेको छ।
स्लो मोसन पिक्चर्सद्वारा प्रस्तुत गरिएको गीतमा प्रथम क्षेत्री र सुनिशा बजगाईंको आकर्षक अभिनय देख्न सकिन्छ। प्रेम, रोमान्स र लोक संस्कृतिको सुन्दर मिश्रणले सजिएको यस गीतले दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
गीतका शब्द नेत्र अर्यालले लेखेका हुन् भने संगीत संयोजन खेम सेन्चुरीले गरेका छन्। भिडियो निर्देशन प्रथम क्षेत्रीले गरेका हुन्।
हालै सार्वजनिक गरिएको गीतले छोटो समयमा नै दर्शकको ध्यान खिच्न सफल भएको छ।
भिडियो