३१ असार २०८३, बुधबार
विराटनगरमा गगन

सरकारले सुनेन भने आवाज कसरी ठूलो बनाउने हामीलाई थाहा छ- थापा

बैशाख ९, २०८३
विराटनगर
सरकारले सुनेन भने आवाज कसरी ठूलो बनाउने हामीलाई थाहा छ- थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले नागरिकका मागलाई बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । 

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै थापाले सरकारले कतिपय निर्णय कानून मिचेर ‘लहडका भरमा’ गरिरहेको आरोप लगाए ।

सभापति थापाले भदौ २४ गतेको आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष र न्यायिक छानबिन गर्न सरकारसँग माग गरे । 

‘हामीले भदौ २४ गतेको घटनाको छानबिन गर्न माग गरेका छौं,’ थापाले भने, ‘सरकारले हाम्रा मागहरू पूरा गरेन भने ती माग कसरी पूरा गराउने र आवाजलाई कसरी ठूलो बनाउने भन्ने हामीलाई राम्रोसँग थाहा छ ।’

सरकारलाई सचेत गराउँदै उनले कुनै पनि नेपाली नागरिकमाथि अनुसन्धान गर्ने सरकारको अधिकारलाई कांग्रेसले सम्मान गर्ने बताए । तर, अनुसन्धानका नाममा राज्यका निकायहरूले कानूनको पालना गर्नुपर्ने उनको भनाइ थियो । 

‘पछिल्लो समय सरकारले आफ्ना मनमा लागेका कुरा गर्न विधि र विधान मिच्ने काम गरेको छ, यस्ता विषयमा हामीले सरकारको ध्यानाकर्षण गराएका छौं,’ थापाले थपे । 

कांग्रेसको भूमिकाबारे प्रष्ट पार्दै थापाले भने, ‘हामी संघीय संसद्‌मा प्रतिपक्षमा छौं तर सातै प्रदेशमा सरकारमा छौं । केन्द्रीय कार्यसमितिको बैठकबाटै हामीले निर्णय गरेका छौं कि सरकारका राम्रा काममा हाम्रो समर्थन रहन्छ ।’ 

उनले प्रतिपक्षी भएर कुरा उठाउँदा तथ्यमा आधारित भएर उठाउने पनि बताए । जनहितका विषयमा सरकार चुक्दा कांग्रेस दरो भएर उभिने उनको भनाइ छ । 

कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निभाउन नसकेको हो भन्ने प्रश्नमा उनले तथ्यका आधारमा आवाज उठाउने उनले बताएका हुन्  । 

‘हामी अराजक वा चर्को छैनौं, त्यसैले कतिपयलाई हाम्रो आवाज कम सुनिएको जस्तो लाग्न सक्छ । तर हामी जिम्मेवार छौं र जहाँ जुन विषय उठाउनुपर्ने हो, त्यहाँ उठाइरहेका छौं ।’

गृहमन्त्री सुधन गुरुङको विषयमा भने  थापाले पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको भन्दै धेरै टिप्पणी गर्न चाहेनन् । 

उनले भने, ‘गृहमन्त्रीको विषयमा पार्टीले जे भन्नुपर्ने हो, भनिसकेको छ ।’ यस्तै, उनले पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्