२० असार २०८३, शनिबार

१५औं महाधिवेशन सफल बनाउन पार्टीका सबै नेतासँग संवादमा छु : गगन थापा

बैशाख ९, २०८३
मोरङ
१५औं महाधिवेशन सफल बनाउन पार्टीका सबै नेतासँग संवादमा छु : गगन थापा
फाइल फोटो

नेपाली कांग्रेसका सभापति गगन थापाले १५औं महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले त्यसका लागि सबै साथीहरूसँग संवादमा रहेको बताए ।

सभापति थापाले नेपाली कांग्रेस सङ्घीय संसद्‌मा प्रतिपक्षमा रहे पनि सात प्रदेश र स्थानीय निकायमा अग्र स्थानमा रहेकाले पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताए ।

उनले पार्टीको केन्द्रीय समितिको निर्णयले वर्तमान सरकारप्रति मुलुकमा सुशासन कायम गर्ने तथा संविधानको कार्यान्वयनलगायत जनतासँग सम्बन्धित विषयमा सहयोग रहने बताए । 

salt training

कमेन्ट गर्नुहोस्