२१ असार २०८३, आइतबार

गृहमन्त्रीको राजीनामाप्रति प्रचण्डको टिप्पणी– जे गर्नुभयो, राम्रो गर्नुभयो

बैशाख ९, २०८३
काठमाडौं
गृहमन्त्रीको राजीनामाप्रति प्रचण्डको टिप्पणी– जे गर्नुभयो, राम्रो गर्नुभयो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएको विषयमा टिप्पणी गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा नेकपा स्थापना दिवसको कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै उनले गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरेका बताएका हुन् । 'उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो,' उनले भने ।

यसअघि आजै पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपो बेबी, नेपो किड्स, करप्सन भन्नेहरू नै नेपो बेबी, नेपो किड्स रहेको देखिन थालेको बताएका थिए ।

'अस्ति नेपो बेबी, नेपो किड्स, करप्सन भन्नेहरू अब त ती नेपो बेबी र किड्स को रहेछन् भन्ने देखिन थाल्यो नि ! अब त जनताले बुझ्ने दिन छिट्टै आउँछ जस्तो लाग्या छ,’ उनले भनेका थिए । 

पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूले नेपो बेबी, नेपो किड्स भनेर सुधन गुरुङलाई भन्नुभएको हो ? भन्ने प्रश्नमा उनले 'होइन-होइन' भन्ने जवाफ फर्काए । 

विवादित व्यवसायीसँग व्यावसायिक साझेदार गरेको र सम्पत्ति विवरण लुकाएको आरोप लागेपछि सुधन गुरुङले बुधबार नै गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्