२७ जेठ २०८३, बुधबार

इलाम गोल्डकपः मछिन्द्र फाइनलमा

बैशाख ९, २०८३
काठमाडौं
इलाम गोल्डकपः मछिन्द्र फाइनलमा

 मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा पथरी ११ मोरङलाई ५–२ गोलअन्तरले हराउँदै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । 

मध्यान्तर अगाडिको खेलमा मछिन्द्रका मिलन चाम्लिङ राईले १२औँ मिनेटमा पहिलो गोल गरेका थिए । पथरी ११ का मौसम लिम्बूले १६औँ मिनेटमा जवाफी गोल गरेका थिए । यस्तै खेलको ३०औँ मिनेटमा मिलनले अर्को गोल गरेका थिए ।

मध्यान्तरपछिको खेलमा मच्छिन्द्रका सौरभ लिम्बू, अविनाश स्याङताङ र श्याम मुर्मुले गोल गरे । पथरीका सुजल डङ्गोलले आफ्नो टोलीका लागि दोस्रो गोल गरे । खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका मिलन चाम्लिङ राई घोषित भए । उनले रु आठ हजार एक नगद र ट्रफी प्राप्त गरे ।

बिहीबार दोस्रो सेमिफाइनल खेल एनआरटी र रोलिङ क्लब धुलाबारी झापाबीच हुने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । यही वैशाख १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउने छ ।

salt training

कमेन्ट गर्नुहोस्