
नेपाल टेलिकमले समर अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधा उपलब्ध गराउने भएको छ ।
यस अन्तर्गत कम्पनीले विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको छ ।
नेपाल टेलिकमको प्रिपेड मोबाइलमा उपलब्ध २८ दिनको प्याकेजलाई सेवाग्राहीको सुविधालाई मध्यनजर गरी ३० दिनको बनाइएको छ ।
अब सबै प्याकेज ३० दिनका हुनेछन् । त्यसैगरी भ्वाइस प्याक अन्तर्गत ३० दिनको प्याकेज अब सबै नेटवर्कमा कल गर्न सकिने (अल–नेट) सुविधासहित उपलब्ध हुनेछन् ।
त्यसैगरी, विभिन्न डाटा तथा कम्बो प्याकेजलाई थप आकर्षक बनाइएको छ । धेरैको रोजाइमा परेको सजिलो अनलिमिटेड प्याकलाई अझ आकर्षक बनाइएको छ ।
यस अन्तर्गत ९९९ रूपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस प्याक, मासिक ३०० जीबी डाटा र ३०० अल–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।
त्यसैगरी, ७९९ रूपैयाँमा अनलिमिटेड अल–नेट भ्वाइस प्याक, मासिक १५० जीबी डाटा र २५० अल–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ ।
डाटा प्याक अन्तर्गत ५४९ रूपैयाँमा ४० जीबी र ९९९ रूपैयाँमा १०० जीबी डाटा प्याक उपलब्ध हुनेछ । ५९९ रूपैयाँमा २ जीबी प्रतिदिन र ३४९ रूपैयाँमा १ जीबी प्रतिदिन प्रयोग गर्न सकिने मासिक डाटा प्याक उपलब्ध हुनेछ ।
अनलिमिटेड प्याकेज अन्तर्गत २५ रूपैयाँमा १ घण्टासम्म चलाउन मिल्ने अनलिमिटेड भ्वाइस तथा डाटा प्याकेज उपलब्ध हुनेछ भने ९९९ रूपैयाँमा ३० दिनसम्म प्रतिदिन चलाउन मिल्ने ५ एमबीपीएस डाटा प्याकेज उपलब्ध हुने टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए । यसै अनुसार अन्य प्याकेजका साथै नाइट र कम्बो प्याकेज समेत उपलब्ध छन् ।
भ्वाइस र डाटा प्याकेजमा अन्य विभिन्न आकर्षक प्याकेज समेत उपलब्ध रहेका छन् । त्यसैगरी, बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक आदि समेत उपलब्ध छन् ।
समर अफर २०८३ वैशाख ११ गते शुक्रबारदेखि लागू हुनेछ । ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर तथा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेज सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्ने प्रवक्ता मानन्धरले बताए ।
उनका अनुसार कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।