३० जेठ २०८३, शनिबार

आईसीसी क्रिकेट विश्वकप लिग–२ : यूएईविरुद्ध टोली अप्ठ्यारो स्थितिमा रहँदा दीपेन्द्र ऐरीको अर्धशतक

बैशाख १२, २०८३
काठमाडौं
आईसीसी क्रिकेट विश्वकप लिग–२ : यूएईविरुद्ध टोली अप्ठ्यारो स्थितिमा रहँदा दीपेन्द्र ऐरीको अर्धशतक

घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपाली टोलीका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका उनले टोली अप्ठ्यारोस्थितिमा रहँदा अर्धशतकीय पाली खेलेका हुन् ।

उनले ५९ बलको सामना गरी एक छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गरे ।

३४.१ ओभरमा उनले अर्धशतक पूरा गर्दै नेपालले ६ विकेट गुमाएर एक सय ३९ रन बनाएको छ ।

यूएईविरुद्ध नेपालका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् ।

ओपनर कुशल भुर्तेल २४, आसिफ शेख सात, भीम सार्की १०, कप्तान रोहित पौडेल दुई, बसिर अहमद २० र आरिफ शेख १५ रनमा आउट भए ।

salt training

कमेन्ट गर्नुहोस्