२९ जेठ २०८३, शुक्रबार

बुवाको हत्या आरोपमा छोरा पक्राउ

बैशाख १२, २०८३
बुटवल
बुवाको हत्या आरोपमा छोरा पक्राउ

रूपन्देहीमा ५८ वर्षीय बुवा जङ्गबहादुर थारूको हत्या गरेको आरोपमा उनकै छोरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चन गाउँपालिका ४ बेलडाँडा बस्ने २४ वर्षीय सुनिल थारू छन् । उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​ 

सुनिलले कुटपिट गर्दा गम्भीर घाइते भएका जङ्गबहादुरको पिपरा अस्पताल कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्