
रूपन्देहीमा ५८ वर्षीय बुवा जङ्गबहादुर थारूको हत्या गरेको आरोपमा उनकै छोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चन गाउँपालिका ४ बेलडाँडा बस्ने २४ वर्षीय सुनिल थारू छन् । उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुनिलले कुटपिट गर्दा गम्भीर घाइते भएका जङ्गबहादुरको पिपरा अस्पताल कपिलवस्तुमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।