०८ साउन २०८३, शुक्रबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

बैशाख १४, २०८३
काठमाडौं
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

मन्त्रालयका नियमित एजेन्डामा निर्णय लिन नेपाल सरकारको मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।

प्रधानमन्त्री बालेनकी सञ्चार विज्ञ दीपा दाहालले दिउँसो २ बजेबाट मन्त्रिपरिषद् बैठक बसिरहेको जानकारी दिइन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले केही विधेयक पारित गरेर संसद्‌मा पठाउने तयारी गरेको स्रोतले बतायो ।

सङ्घीय निजामतीलगायत केही विधेयक संसद्‌मा लैजाने गरी सरकारले तयारी गरेको छ ।

सरकारले आसन्न बजेट अधिवेशनमा ४३ वटा विधेयक ल्याउने तयारी गरिरहेको छ ।

तर, बजेट अधिवेशनको टुंगो भने लागेको छैन ।

वैशाख १७ गतेका लागि बोलाइएको अधिवेशन अर्को दिन नै स्थगित गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्