फागुन २१ गतेको चुनावमा किनारा लागेका दलले बालेन नेतृत्वको सरकारले गरेका कामको खुलेर समर्थन या विरोध गर्न सकेका छैनन् । सरकारले १ महिना पूरा गर्दै गर्दा जनतालाई प्रत्यक्ष राहत पुग्ने खालका कतिपय सुधारका काम शुरू गरेको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनेन्द्र रिजाल प्रधानमन्त्री बालेनले आम नागरिकलाई राहत दिन खोजेजस्तो देखिए पनि त्यसको अभिप्रेरणा बुझ्न नसकिएको बताउँछन् ।
लोकान्तर डट्कमसँगको भिडियो कुराकानीमा नेता रिजालले विगतका प्रधानमन्त्रीले जस्तो बालेनले आत्मश्लाघा र दम्भ त्यागेर जनताको पक्षमा काम गरेमा ५ वर्षपछि फेरि एकपटक बालेनलाई हेरौं भन्ने दिन आउन सक्ने बताए ।
रास्वपाले पाएको बहुमतले विगत एक दशकमा भइरहेको कारोबारी राजनीतिबाट देश मुक्त भएको रिजालको विश्लेषण छ । 'बालेनको परीक्षण नेपाली जनताले चाहेको सुधार हुन्छ कि हुँदैन ? हिजो हामीबाट नपाएको कुरा पाउँछन् कि पाउँदैन भन्ने कुराले हुन्छ,' रिजालको विश्लेषण छ ।
फरक प्रसंगमा कांग्रेस नेता रिजालले आगामी निर्वाचनमा कांग्रेस पहिलो दल बन्नका लागि रास्वपाको १३ प्रतिशत भोट घट्ने र कांग्रेसको १३ प्रतिशत बढ्नुपर्ने चुनौतीपूर्ण अवस्था रहेको विश्लेषण गरे ।
–बालेन सरकारको शुरूआती एक महिनाले के दिशानिर्देश गर्छ ?
–बालेन सरकारका मुख्य चुनौती के हुन् ?
–एउटा चुनावमा हारे पनि अर्को चुनाव जित्ने कांग्रेसको विगतको इतिहास भविष्यमा दोहोरिएला ?
–कांग्रेसको पुनर्जागरण कसरी सम्भव छ ?
यी लगायत समसामयिक विषयमा गरिएको कुराकानी हेर्नुहोस् भिडियोमा