
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङको सभापतिमा किरण खनाल निर्वाचित भएका छन् ।
१९६ मत प्राप्त गर्दै खनाल विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विनय घिमिरेले १२४ मत प्राप्त गरेका थिए ।
उपसभापतिमा निराजन थापाले २४१ मत प्राप्त गर्दै विजयी हुँदा सुनिता रावतले ८९ मत प्राप्त गरिन् ।
सचिव पदमा असीम भुसालले २०० मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी बलिराम खत्रीले १२३ मत प्राप्त गरेका थिए ।
सहसचिव पदमा प्रमिला रोका मगर १४८ मतसहित निर्वाचित भइन् । उक्त पदका अन्य उम्मेदवार दीपक गैरेले १०८ र सोमराज बस्नेतले ६३ मत प्राप्त गरेका थिए ।
निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएसँगै रास्वपा दाङले आगामी संगठन विस्तार, पार्टी सुदृढीकरण तथा जनसम्बन्ध विस्तारका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।
सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो ।