०७ असार २०८३, आइतबार

जितेन्द्रबाबु थपलिया उच्च अदालतको न्यायाधीशमा नियुक्त

बैशाख १५, २०८३
काठमाडौं
जितेन्द्रबाबु थपलिया उच्च अदालतको न्यायाधीशमा नियुक्त

न्याय परिषद् सचिवालयका सचिव जितेन्द्रबाबु थपलियालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको छ ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा मंगलबार बसेको न्याय परिषद्को बैठकले थपलियालाई न्यायाधीशमा नियुक्त गरेको हो ।

साथै सोही बैठकले उनलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा पदस्थापन समेत गरेको न्याय परिषद् सचिवालयका प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्