
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकटहरूलाई छलफलमा बोलाएका छन् ।
उनले बिहीबार बिहान ८ बजे विशालनगरस्थित कार्यालयमा निकटहरूलाई छलफलमा बोलाएका हुन् ।
उनको सचिवालयका अनुसार नेता कोइरालाले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित आधिकारिक समितिमा नलागेका र शेरबहादुर देउवा-पूर्णबहादुर खड्का समूहतिर पनि जान नचाहेकहरूलाई समेट्ने तयारीमा उनी रहेका छन् ।
समूहको आगामी रणनीतिबारे छलफलका लागि भेलाको आह्वान गरिएको नेता गोविन्द पोखरेलले जानकारी दिए ।
'भाग माग्न वा बार्गेनिङभन्दा पनि आफू निकटहरूलाई समेटेर अघि बढ्ने प्रयास हो,' उनले भने, 'समूहको आगामी रणनीतिबारे छलफल हुनेछ ।'