३१ जेठ २०८३, आइतबार

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

बैशाख १६, २०८३
काठमाडौं
सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

सम्पत्ति छानबिन आयोग गठनविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले प्रत्यर्थी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पत्ति छानबिन आयोग र आयोगको अध्यक्षसमेतको नाममा बुधबार कारण देखाऊ आदेश जारी गरेको हो ।

अधिवक्ता डा. प्रेमराज सिलवालले दायर गरेको रिटमा आयोग गठनले संवैधानिक सर्वोच्चता, विधिको शासनको मर्म र भावना प्रतिकूल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक अधिकारको हनन भएको जिकिर गरिएको थियो ।​

सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दाको सुनुवाइको लागि अग्राधिकार प्रदान गरेको रिट निवेदक अधिवक्ता सिलवालले लोकान्तरलाई जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्