२० असार २०८३, शनिबार
फिफा विश्वकप–२०२६

स्कटल्यान्डसँग केही लागेन हाइटीको, १-० ले पराजित

जेठ ३१, २०८३
काठमाडौं
स्कटल्यान्डसँग केही लागेन हाइटीको, १-० ले पराजित

 फिफा विश्वकप–२०२६ मा स्कटल्यान्डले विजयी सुरुवात गरेको छ । स्कटल्यान्डले आइतबार बिहान खेलिएको खेलमा हाइटीलाई १–० गोलले हरायो ।

समूह ‘सी’अन्तर्गतको उक्त खेलमा स्कटल्यान्डका लागि जोन म्याकगिनले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा उनले गोल गरेका थिए ।

जितसँगै तीन अंक हात पारेको स्कटल्यान्ड तालिकाको पहिलो स्थानमा आसिन छ । यो समूहमा चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् ।

मोरक्को एक अंकसहित दोस्रो र ब्राजिल पनि समान अंक बटुल्दै दोस्रो स्थानमा आसिन छन् । यो समूहको पहिलो खेलमा मोरक्कोले ब्राजिललाई १–१ गोलको बराबरीमा रोकेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्