२२ असार २०८३, सोमबार

अर्घाखाँचीमा सर्पले डस्दा युवकको मृत्यु

असार २०, २०८३
बुटवल
अर्घाखाँचीमा सर्पले डस्दा युवकको मृत्यु

अर्घाखाँचीमा सर्पले डस्दा एक युवकको मृत्यु भएको छ ।

छत्रदेव गाउँपालिका–१, चिदिकाका २३ वर्षीय पुष्कर कुमालको सर्पले डसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार शुक्रबार साँझ घर नजिकै फेला परेको सर्प समात्ने क्रममा कुमाललाई सर्पले डसेको थियो ।

शनिबार बिहान मात्रै उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक लामिछानेले बताए ।

कुमाल तालिमप्राप्त सर्प उद्धारकर्मी नरहेको खुलेको छ ।

घटनापछि प्रहरीले पछिल्लो समय पहाडी जिल्लामा समेत विषालु सर्प फेला पर्न थालेकाले सर्पसँग खेल्ने, समात्ने वा अनावश्यक रूपमा जिस्क्याउने कार्य अत्यन्त जोखिमपूर्ण हुने भन्दै यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्