
फिफा विश्वकप २०२६ को अन्तिम १६ को निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिल र नर्वेबीचको भिडन्त गोलरहित बराबरीमा अगाडि बढिरहेको छ।
खेलको ७० मिनेट पुग्नै लाग्दा पनि गोलको खडेरी अन्त्य हुन नसकेकै बेला ब्राजिलले आफ्ना अनुभवी स्टार खेलाडी नेइमारलाई मैदानमा उतारेको छ।
दोस्रो हाफको 'हाइड्रेसन ब्रेक'को ठीक अघि नेइमार मैदान प्रवेश गरेका हुन्।
आजको खेलमा ब्राजिलले गोलका लागि निकै संघर्ष गरिरहेको छ। खेलको सुरुवातमै ब्रुनो गुइमारेसले पेनाल्टी मिस गरेपछि दबाबमा परेको ब्राजिलका लागि दोस्रो हाफमा मैदान छिरेका युवा प्रतिभा एन्ड्रिकले पनि गोल गर्ने एक सुवर्ण अवसर गुमाएका थिए। भिनिसियस जुनियरको उत्कृष्ट पासमा एन्ड्रिकले वान-अन-वानको स्थितिमा गोल गर्न नसक्दा ब्राजिलियन समर्थकहरू निराश बनेका छन् ।
नर्वेका गोलकिपर ओर्जन निल्याण्ड आज ब्राजिलका लागि बाधक बनिरहेका छन्।