०३ असार २०८३, बुधबार

अनलाइन बिडिङ प्रणाली ह्याक गर्ने ठेकेदारसहित १३ जना सीआईबीको नियन्त्रणमा

बैशाख १६, २०८३
काठमाडौं
अनलाइन बिडिङ प्रणाली ह्याक गर्ने ठेकेदारसहित १३ जना सीआईबीको नियन्त्रणमा

सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गभर्नेन्स प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार मात्रै आशिष निर्माण सेवा प्रालिका सञ्चालक ऋषिकेश गौलीलाई पक्राउ गरेको छ ।

चितवनको रत्ननगर नगरपालिका–१२ स्थायी ठेगाना भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९, मण्डिखाटार बस्ने ७० वर्षीय गौलीलाई पक्राउ गर्नुअघि सीआईबीले निर्माण कम्पनी इन्कोन प्रालिका शेयरधनी तथा लेखापाल स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगानालाई पक्राउ गरेको थियो ।

यही प्रकरणमा सीआइबीले राप्रपा नेता एवं कालिका कन्ट्रक्सन प्रालिका सञ्चालक बिक्रम पाण्डे र भीषण कन्ट्रक्सन प्रालिका सञ्चालक टंककुमार श्रेष्ठ पनि पक्राउ परेका थिए । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुर र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत समेत थप अनुसन्धान भइरहेको छ।

यसै मुद्दामा हालसम्म १० जना निर्माण व्यवसायीसहित कुल १३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको सीआईबीका प्रवक्ता एवं एसएसपी शिवकुमार श्रेष्ठले बताए ।

salt training

कमेन्ट गर्नुहोस्