०३ साउन २०८३, आइतबार
त्रिवि पदाधिकारीको राजीनामा

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले दिए राजीनामा

बैशाख १७, २०८३
काठमाडौं
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले दिए राजीनामा

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिएका छन् । 

बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश अघि बढाएपछि त्रिविका पदाधिकारीले बिहीबार राजीनामा दिएका हुन् । 

आफूसहित त्रिविका उपकुलपति प्राडा. दीपक अर्याल र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले राजीनामा दिएको शिक्षाध्यक्ष प्राडा. खड्ग केसीले लोकान्तरलाई जानकारी दिए । 

‘हामीले कुलपतिलाई राजीनामा पठाइसकेका छौं’, उनले भने । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ । 

सरकारले विगतमा राजनीतिक रूपमा नियुक्ति र मनोनयन भएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ । तर, राष्ट्रपति पौडेलले यसमा निर्णय गरिसकेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्