११ असार २०८३, बिहीबार

रौतहट जिल्ला अदालतका डिट्ठाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बैशाख २१, २०८३
काठमाडौं
रौतहट जिल्ला अदालतका डिट्ठाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालत, गौरमा कार्यरत डिट्ठा लवकुमार सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा फुकुवा गराई दिएबापत सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका सिंहविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

जग्गा फुकुवाका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो ।

आयोगले उनीविरुद्ध ५० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्