२८ जेठ २०८३, बिहीबार

अप्रिलमा घट्यो नेपाल आउने पर्यटकको संख्या

बैशाख २१, २०८३
काठमाडौं
अप्रिलमा घट्यो नेपाल आउने पर्यटकको संख्या
फाइल फोटो

सन् २०२६ को अप्रिल महिनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या घटेको छ।

उक्त महिनामा कुल १ लाख ७ हजार ९ सय ३४ विदेशी पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो महिनाको तुलनामा करिब १३ हजारले कम हो।

सन् २०२६ कै मार्च महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या १ लाख २० हजार ५ सय १६ रहेको थियो।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरूबाट मात्रै ३३ हजार ४ सय ९६ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ३१ प्रतिशत हो।

यसमध्ये भारतबाट सबैभन्दा बढी २५ हजार १ सय ९६ पर्यटक आएका छन्। त्यस्तै, बंगलादेशबाट ५ हजार २ सय ३१ र श्रीलंकाबाट १ हजार ४ सय ९ पर्यटकले नेपाल भ्रमण गरेका छन्। पर्यटक आगमनको सूचीमा भारत पहिलो स्थानमा रहेको छ।

ढकालका अनुसार एसियाली अन्य मुलुकहरूतर्फ हेर्दा चीनबाट ११ हजार ७ सय २२, म्यानमारबाट २ हजार ६ सय २६ र थाइल्याण्डबाट २ हजार २ सय १ पर्यटक नेपाल आएका छन्।

अप्रिल महिनामा नेपालमा सबैभन्दा धेरै पर्यटक पठाउने पाँच मुलुकमध्ये भारत पहिलो स्थानमा रहँदा चीन दोस्रो, संयुक्त राज्य अमेरिका तेस्रो, अस्ट्रेलिया चौथो र बंगलादेश पाँचौँ स्थानमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्