२९ जेठ २०८३, शुक्रबार

३४ अङ्कले घट्यो नेप्से, ४ अर्ब २६ करोडको कारोबार

बैशाख २१, २०८३
काठमाडौं
३४ अङ्कले घट्यो नेप्से, ४ अर्ब २६ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७०४ दशमलव ०८ बिन्दुमा कायम भएको छ । यो एक दशमलव २६ प्रतिशतको गिरावट हो ।

आज ३४१ कम्पनीको एक करोड ७४ हजार ५२४ कित्ता शेयर ६८ हजार ६३५ पटक खरिद बिक्री हुँदा चार अर्ब २६ करोड ५३ लाख ९० हजार २०४ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा लघुवित्त समूह सामान्य अङ्कले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ८६, विकास बैंक दुई दशमलव १४, वित्त शून्य दशमलव ९६, होटल तथा पर्यटन एक दशमलव ३५, जलविद्युत् दुई दशमलव २३ र लगानी एक दशमलव ३६ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बीमा शून्य दशमलव ४९, उत्पादन तथा प्रशोधन दुई दशमलव दुई दशमलव ५४, म्युचुअल फन्ड शून्य दशमलव ६२, निर्जीवन बीमा शून्य दशमलव ९३, व्यापार एक दशमलव ३८ र अन्य समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ ।

कमेन्ट गर्नुहोस्