२९ जेठ २०८३, शुक्रबार

भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध छु, ​अनुसन्धानमा सहयोग गर्छु : मुख्यमन्त्री बानियाँ

बैशाख २१, २०८३
काठमाडौं
भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध छु, ​अनुसन्धानमा सहयोग गर्छु : मुख्यमन्त्री बानियाँ
फाइल फोटो

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भ्रष्टाचारमुक्त समाज निर्माणमा आफू प्रतिबद्ध रहेकाले अनुसन्धानमा सहयोग गर्ने बताएका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्ना घर तथा कार्यालयमा छापा मारेपछि उनले सोमबार विज्ञप्तिमार्फत् व्यक्तिगत तथा सामाजिक चरित्रमा आँच पुगेको बताएका हुन् ।

४० वर्षभन्दा लामो राजनीतिक यात्रामा विभिन्न आरोह–अवरोह पार गर्दै हाल जनताको सेवकको रूपमा काम गरिरहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माण आफ्नो प्रमुख प्राथमिकता रहेको पनि स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा उनले प्रदेश सरकार सञ्चालनमा खर्च कटौती, आर्थिक मितव्ययिता तथा आवश्यकतामा आधारित योजना र कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन् । साथै बजेट तथा कार्यक्रम कार्यान्वयनमा पारदर्शितालाई नीति नै बनाइएको उनको भनाइ छ।​

उनले अनुसन्धान प्रक्रियामा संविधान र कानूनअनुसार पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

मुख्यमन्त्री बानियाँले प्रदेशवासी तथा शुभेच्छुकलाई अनावश्यक चिन्ता नलिन आग्रह गर्दै आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्