३० जेठ २०८३, शनिबार

न्यूयोर्कमा भवनमा आगलागी हुँदा तीन जनाको मृत्यु, ९ घाइते

बैशाख २१, २०८३
काठमाडौं
न्यूयोर्कमा भवनमा आगलागी हुँदा तीन जनाको मृत्यु, ९ घाइते

अमेरिकी शहर ‘अपर म्यानह्याटन’स्थित एक अपार्टमेन्ट भवनमा सोमबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले जनाएका छन् ।

घटनामा अन्य १४ जना घाइते भएका बताइएको छ।

दमकल विभागका अधिकारीले दिएको जानकारीमा स्थानीय समयअनुसार बिहानै १२ः३५ बजे भवनको दोस्रो तलामा आगलागी भएको जानकारी प्राप्त भएको र बिहान ३ः०० बजेसम्म आगो नियन्त्रणमा लिन नसकिएको बताइएको छ।

घटनास्थलमा रहेका एक उद्धारकर्मीका अनुसार आगलागीमा परेका तीन जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने अन्य नौ जनालाई अस्पताल पठाइएको छ ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको र आगलागीबाट १०० भन्दा बढी मानिस विस्थापित भएका अधिकारीहरूले बताएका छन्।

न्यूयोर्कमा यसै बर्ष भएको अर्को एक आगलागीको घटनामा परी ३६ जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्