०७ असार २०८३, आइतबार
नदी सफाई अभियान

बागमतीको फोहोर सफा गर्न ‘ट्रास बेरियर’ प्रविधि, यसले कसरी काम गर्छ ? [भिडियो]

बैशाख २३, २०८३
काठमाडौं

बागमती सभ्यता एकीकृत विकास समितिले बागमती खोलामा फोहोर संकलन गर्ने नयाँ प्रविधिको प्रयोग थालेको छ । शहरी विकास मन्त्रालयअन्तर्गतको समितिले खोलामा तैरिने फोहोर संकलन गर्न ‘ट्रास बेरियर’ प्रविधि प्रयोग गरिरहेको हो ।

समितिले बागमतीका ६ ठाउँमा यस्ता बेरियर राखेको छ । अहिले गोकर्ण ब्यारेज, गुहेश्वरी, तीलगंगामा, मनोहरा र बागमतीको दोभान, यूएनपार्क र बालकुमारीमा यो प्रवधि जडान गरिएको विकास समितिले जनाएको छ ।

ट्रास बेरियरले प्लास्टिक, प्लास्टिकका बोत्तल, काठका टुक्राहरू, फोमलगायत तैरिँदै बगेर आउने फोहोरलाई एक ठाउँमा संकलन गर्छ  । जसले एकै ठाउँबाट फोहोर संकलन गर्न सजिलो हुन्छ ।

यसका साथै यो पानीको सतह घटबढ हुँदा बेरियर आफैँ तलमाथि पनि हुन्छ । आगामी बर्खा सिजनमा पनि एकतर्फी आफैँ खुलेर बस्ने भएकोले अत्याधिक पानीमा पनि यसमा केही प्रभाव पर्दैन ।

salt training

कमेन्ट गर्नुहोस्