
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।
उनले बुधबार सुदूरपश्चिम प्रदेशबाट निर्वाचित एमालेका सांसदहरूसँग छलफल गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता परिवर्तनको विषय उठेपछि अध्यक्ष ओलीले सुदूरपश्चिमका ११ सांसदलाई गुण्डुमा बोलाएका हुन् ।
२०८२ चैत १४ गते पक्राउ परेपछि उनी अस्पतालमा थिए । सोही क्रममा अप्रेशन भएपछि उनी घरमै आराम गरेर बसेका थिए ।
त्यसपछि ३९ दिनपछि उनी पार्टीको काममा फर्किएका हुन् ।