२९ असार २०८३, सोमबार

प्रधानन्यायाधीश सिफारिशको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट

बैशाख २५, २०८३
काठमाडौं
प्रधानन्यायाधीश सिफारिशको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट

प्रधान न्यायाधीश नियुक्तिको सिफारिशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिश गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले शुक्रबार सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन् ।

आफूले पेश गरेको निवेदन दर्ता हुन भने बाँकी नै रहेको त्रिपाठीले बताए ।

यसअघि प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको बैठकले चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।

शीर्ष वरीयताकै न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्पराविपरीत सिफारिश गरिएको भन्दै रिट परेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्