०१ असार २०८३, सोमबार

प्रहरी वृत्त मालीगाउँका सई दिनेश राउतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बैशाख २५, २०८३
काठमाडौं
प्रहरी वृत्त मालीगाउँका सई दिनेश राउतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रहरी वृत्त मालीगाउँ, काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दिनेश राउतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।​​​

सेवाग्राहीसँग लिएको २० हजार रुपैयाँ घुससहित पक्राउ परेका राउतविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए ।

उक्त सूचनाका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले राउतलाई सेवाग्राहीसँग लिएको २० हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको थियो।

आयोगले उनीविरुद्ध २० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको सजाय मागदाबी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्