२५ असार २०८३, बिहीबार
संसद् बैठक

आजदेखि संसद्को बर्खे अधिवेशन- नीति तथा कार्यक्रम पेस हुने

बैशाख २८, २०८३
काठमाडौं
आजदेखि संसद्को बर्खे अधिवेशन- नीति तथा कार्यक्रम पेस हुने

संघीय संसद्को बजेट (बर्खे) अधिवेशन आज (सोमबार)देखि शुरू हुँदै छ। 

सोमबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन शुरू हुनुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्न संयुक्त सदनको बैठकसमेत बस्ने छ । 

आज नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा पेस हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने छन् ।

यस्तै बजेटभन्दा पहिले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रिबजेट) संसद्‌मा पेस र छलफल हुने छ ।

अधिवेशनमा संवैधानिक दायित्व अनुसार जेठ १५ गते सरकारका तर्फबाट वार्षिक बजेट पेस हुने छ ।

असार मसान्तसम्म बजेट पारित र प्रमाणीकरणको प्रक्रिया पूरा गर्नुपर्ने छ । 

salt training

कमेन्ट गर्नुहोस्